राजनीति


रास्वपा बाराका संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा

रास्वपा बाराका संगठन प्रमुख पवन चौधरीले दिए राजीनामा

नेपालखबर
फागुन ८, २०८२ शुक्रबार २०:१०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन प्रमुख पवन चौधरीले पार्टीबाट राजीनामा दिएका छन्। 

शुक्रबार रास्वपा केन्द्रीय कार्यालयमा पठाएको राजीनामा पत्रमा चौधरीले साधारण सदस्य समेत नरहने उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेश गर्दछु।’

अहिले रास्वपाले आफ्नो नाराअनुसार काम नगरेको उनले जिकिर गरेका छन्। ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएको थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरित भएको अनुभव गरेको छु,’ उनले भनेका छन्। 

पार्टीमा योगदानको उचिन मूल्यांकन नभएको उनले आरोप लगाएका छन्। ‘संगठनमा दिनरात खटिएका क्षमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने परिस्थिति बनेको छ। यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु,’ उनले भनेका छन्। 

रास्वपा मधेस प्रदेशका संस्थपक सदस्य समेत रहेका उनी बाराको सहसचिव पनि हुन्। उनी २०५९ सालदेखि रास्वपामा संलग्न रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad