राजनीति


कांग्रेसका जिल्ला सहसचिवले छाडे पार्टी

कांग्रेसका जिल्ला सहसचिवले छाडे पार्टी

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०८२ शुक्रबार ११:३४, सर्लाही

नेपाली कांग्रेस सर्लाहीका सहसचिव इन्द्रबहादुर योञ्जनले पार्टी परित्याग गरेका छन्। 

बिहीबार विज्ञप्ति जारी गर्दै योञ्जनले कांग्रेस छाडेको घोषणा गरेका हुन्। 

केही वर्षअघि मात्रै योञ्जन तत्कालीन माओवादी केन्द्र परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थिए। 

लालबन्दी नगरपालिका ७ निवासी योञ्जनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिए। 

‘अब पुराना पार्टीबाट हुँदैन भनेर मैले कांग्रेस त्यागेको हुँ,’ योन्जनले नेपालखबरसँग भने, ‘कांग्रेस परित्याग गरे पनि तत्काल म कुनै पनि पार्टीमा जाँदिन।’ 

योञ्जन तत्कालिन माओवादी केन्द्रबाट सर्लाही १ मा प्रतिनिधिसभा सदस्य र लालबन्दी नगरपालिकामा मेयरको उम्मेदवार पनि बनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad