राजनीति


मलाई सुरक्षा ‘थ्रेट’ छ : मुख्यमन्त्री यादव

मलाई सुरक्षा ‘थ्रेट’ छ : मुख्यमन्त्री यादव

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार १२:२२, काठमाडौँ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा ‘थ्रेट’ रहेको बताएका छन्।

जनकपुरमा शनिबार मधेसबासीका नाममा सम्बोधन गर्दै यादवले सुरक्षाकर्मीले आफूलाई सुरक्षा चुनौति रहेको भन्दै आएको उल्लेख गरेका छन्। उनले आन्दोलनकारीले आफूलाई निशाना बनाएको दाबी पनि गरेका छन्। 

मुख्यमन्त्री यादवले भने, ‘आर्मीको सुरक्षा मलाई छ। सशस्त्र प्रहरीको सुरक्षा मलाई छ। नेपाल प्रहरीको सुरक्षा मलाई छ, तर पनि मलाई सुरक्षा थ्रेट छ।’

उनले आफू संवैधानिक ढंगबाट सरकारको नेतृत्वमा आएको र कुनै माग भए संवादमार्फत समाधानको बाटोमा अघि बढ्न पनि आन्दोलनकारी राजनीतिक दललाई आग्रह गरेका छन्। मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान नगरिकनै नेकपा (एमाले) संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएपछि अन्य दलले विरोध गरिरहेका छन्। 

यादवले आफूलाई सुरक्षा चुनौती हुँदा अन्य दलका नेतालाई पनि अप्ठ्यारो पर्नसक्ने चेतावनी दिए। ‘सुरक्षा थ्रेट मलाई कोबाट छ? अरु जनताबाट त हुँदैन। त्यो आन्दोलनकारीबाट नै हुन्छ,’ उनले भने, ‘म सुरक्षित छैन भने अन्य दलका माननीयहरू सुरक्षित हुन सक्छन? मलाई आक्रमण गर्दाखेरी मेरो पार्टीका कार्यकर्ता र मेरा समर्थकहरूलाई आक्रमण नगर्ला भन्न सकिन्छ?’ 

उनले वीरगञ्जमा रहेको भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने काम भइरहेको पनि आरोप लगाए। मधेसमा दलहरू फुटाउने र जुटाउने खालको धम्की दिने काम पनि भारतीय पक्षले गरिरहेको उनको भनाइ थियो। 

मुख्यमन्त्री यादवले भने, ‘मधेस प्रदेशमा पनि वीरगञ्जमा रहेको काउन्सिलर अफिसको प्रतिनिधिहरू सिधै आएर दलहरूसँग प्रत्यक्ष संवादमा रहेर दलहरूलाई थ्रेट गर्ने, दलहरु फोडिदिन्छु भन्ने, दलहरु जुटाइदिन्छु भन्ने, नेताहरूलाई थ्रेट गर्ने प्रकृतिबाट नै यो खालको दिनप्रतिदिन क्षणक्षणमा सहमती हुने र सहमती भंग गर्ने वातारण सिर्जना भएको जानकारी गराउन चाहन्छु।’

भारतीय पक्षले दबाब दिएका कारण मधेस प्रदेशमा आन्दोलनकारीसँग वार्तामा बस्ने वातावरण समेत बन्न नसकेको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad