राजनीति


एमाले मेरो पनि पार्टी हो : घनश्याम भुसाल

एमाले मेरो पनि पार्टी हो : घनश्याम भुसाल

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार १२:५२, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले नेकपा एमाले पनि आफ्नो पनि पार्टी भएको बताएका छन्। 

उनले आफूले आम रूपमा एमालेलाई आफ्नो पनि पार्टी भएको बताउने गरेको तर्क गरेका हुन्। 

‘आम रूपमा मैले भन्छु- नेकपा एमाले, त्यो मेरो पनि पार्टी हो। त्यसको लिडरसिपलाई छाड्ने हो भने मैले माओवादीलाई पनि मेरै पार्टी भन्ने गरेको छु। अरू पार्टीहरू पनि मेरै पार्टी हो, वैचारिक रूपले, सैद्धान्तिक रूपले भन्ने हो भने के भन्न सकिन्छ भने ती मेरै पार्टी हुन्’, न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भुसालले भनेका छन्, ‘तर त्यहाँभित्रको साथीहरूको कुरा गर्दाखेरि ती तमाम हामी आफैँले बनाएको पार्टी भएको हुनाले त्यहाँभित्र उनीहरूसँग कुरा नहुने भन्ने प्रश्नै भएन। सबैसँग कुरा हुन्छ। सबै मुर्छाएकाहरूसँग कुरा हुन्छ। सबै उकुसमुकुस भएकाहरूसँग कुरा हुन्छ।’ 

यस्तो छ थप कुराकानी:

प्रश्नः एमालेले घर फर्क अभियान चलाएको छ, तपाईंहरू पनि घर फर्कने आशंका अझै गरिन्छ, एमाले अध्यक्ष केपी ओलीले त वृद्धहरू नेपाली कम्युनिस्ट पार्टीमा गए, युवाहरू एमालेमा आउँछन् भनिरहनुभएको छ, यसलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ?

जवाफ : यो नेकपा एमालेका फर्कने वा घर फर्किने भन्ने जुन कुरा छ, अब के का लागि फर्किने भन्नुहुन्छ। कमरेड ओलीले नेकपा एमालेलाई कब्जा गरेर हिजोको त्यत्रो जीवन्त पार्टीलाई आज व्यक्तिगत आफ्नो नियन्त्रणभित्रको एउटा कम्पनी जुन बनाउनुभएको छ, यसले गर्दा यो एउटा कम्पनी मात्रै बनेको छैन, त्यसले कमरेड ओलीको लिडरसिपको कारणले यत्रो विध्वंस आयो। त्यसको जिम्मा उहाँले लिनुपर्छ। यसभन्दा अगाडिदेखि नै उहाँले संसद् विघटन, फेरि अर्को संसद् विघटन, पार्टी विभाजनदेखि लिएर जे गर्दै हुनुहुन्छ र, निरन्तर दक्षिणपन्थी एजेन्डा उठाइराख्नुभएको छ। घोर दक्षिणपन्थी, यो कम्युनिस्ट आन्दोलनको सबैभन्दा दक्षिणपन्थी, व्यक्तिवादी, अहंकारवादी यो खालको उहाँको दिशा छ। नेकपा एमालेको दिशा भनेको त्यो दिशा हो। आज कमरेड ओलीको नेतृत्वमा यस्तो बेलामा पनि र आज पनि फेरि ओलीजीको त्यहाँ रहीकन ओलीको कब्जाको एमालेभित्र कोही पनि मान्छे राजनीतिक रूपले जान्छ भन्ने कुरा आफैँले भन्ने कुरा त भयो। तर सोसाइटीले मान्दैन। यो इन्कार गरी नै सकेको छ। त्यहाँ कुनै विचारले जान्छ भन्ने कुरा सोसाइटीले इन्कार गरिसकेको छ। म फेरि पनि क्याटोगरीकल्ली भन्दै छु- ओलीजी रहुन्जेल त्यो पार्टीमा जो जान्छ, त्यो विचारको कारणले जान्छु, विचार मिलेर जान्छु। राजनीति मिलेर जान्छु, सिद्धान्त मिलेर जान्छु भनेर भन्छ भने उसले या त बुझेकै छैन, या दुनियाँलाई ढाँट्दै छ भन्ने लाग्छ मलाई।

प्रश्न : एमालेमा अवसर छ भनेर रामकुमारी झाँक्री जानुभयो, अरू पनि जान्छन् भनिन्छ नि?
जवाफ : मैले कुनै व्यक्तिको बारेमा केही भन्नु छैन। महिला, पुरुष, जाने, नजाने, त्यो सबै कुरा गौण हो। अहिले नेकपा एमालेभित्र ओली हो, ओली मात्रै हो। त्यसो गर्दा त्यहाँ अर्को स्वतन्त्र व्यक्तित्वका रूपमा कसैले विकास गर्छ भन्ने कुरा त्यो सम्भव नै छैन। कसैले विकास गरेको छ त्यहाँ स्वतन्त्र रूपमा? ओलीजीकै पछाडि लागेका मान्छेहरू, ओलीजीकै टिमका मान्छेहरू कसैले म स्वतन्त्र रूपले स्वच्छु भन्छ भनेर प्रस्तुत गर्न सक्छ? भन्न सक्छ? वा उसैले दाबि गर्न सक्छ कि म ओलीजी भन्दा भिन्न रूपले सोच्छु भनेर कसैले भन्न पनि सक्दैन भने त्यहाँभित्र कसैले स्वतन्त्र रूपमा नेता, नेतृत्व गर्छु भन्ने कुरा बेकारको कुरा हो।

प्रश्न : एमालेभित्रको असन्तुष्ट पक्षहरूसँग तपाईंको छलफल हुन्छ?
जवाफ : आम रूपमा मैले भन्छु- नेकपा एमाले त्यो मेरो पनि पार्टी हो। त्यसको लिडरसिपलाई छोड्ने हो भने मैले माओवादीलाई पनि मेरै पार्टी भन्ने गरेको छु। अरू पार्टीहरू पनि मेरै पार्टी हो । वैचारिक रूपले, सैद्धान्तिक रूपले भन्ने हो भने के भन्न सकिन्छ भने ती मेरै पार्टी हुन्। तर त्यहाँभित्रको साथीहरूको कुरा गर्दाखेरी ती तमाम हामी आफैँले बनाएको पार्टी भएको हुनाले त्यहाँभित्र उनीहरूसँग कुरा नहुने भन्ने प्रश्नै भएन। सबैसँग कुरा हुन्छ। सबै मुर्छाएकाहरूसँग कुरा हुन्छ। सबै उकुसमुकुस भएकाहरूसँग कुरा हुन्छ। 

प्रश्न : एमाले विभाजित हुन्छ भनेर पनि कतिपयले चर्चा गर्दछन् नि?
विभाजित हुनु हुँदैन भन्छु मैलेचाहिँ। सामान्यतया आज त्यहाँको साथीहरू त्यसरी विभाजित हुने कुरा गलत हुनेछ। त्यहाँको गलत कुरालाई उहाँहरूले हटाउनुपर्छ। तर अब के देखिँदै छ भन्दा आउने महाधिवेशनमा या त कमरेड ओलीले सबैलाई लखेटिदिनुहुन्छ। अहिले पनि बाँकी बचेर यो पार्टी बचाउनुपर्‍यो भन्दै छन्। उनीहरूलाई उहाँले निकालिदिनुहुन्छ या त नेकपा एमालेको इतिहासको सम्पूर्ण यसले इतिहासमा बनाएको मूल्य, यसले सिर्जना गरेका केही सिद्धान्त, विचार, नैतिकता केही छन् भने तिनीहरू संगठित हुनेछन्। र, कमरेड ओलीलाई बिदाइ गर्नेछन्। यसले गर्दा नेकपा एमाले फुट्ने, नफुटने कुराको प्रसंग नै होइन। अहिले त त्यो पार्टीमा शुद्धीकरणको, पुनर्गठनको, सुधारको आवश्यक्ता छ भन्ने लाग्छ मलाई।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad