राजनीति


एमाले लालबन्दीको अध्यक्षमा उज्वल कार्की विजयी

एमाले लालबन्दीको अध्यक्षमा उज्वल कार्की विजयी

नेपालखबर
चैत २५, २०८१ सोमबार १४:१२, सर्लाही

नेकपा एमाले लालबन्दी नगर समितिको अध्यक्षमा उज्वलकुमार कार्की (मधेसी) विजयी भएका छन्।

प्रतिस्पर्धी प्रेमप्रसाद आचार्य (उमेश) लाई ४७ मतान्तरले पराजित गर्दै कार्की अध्यक्षमा विजयी भएका हुन्। 

कार्की १६५ मतसहित विजयी हुँदा आचार्यले ११८ मत मात्रै प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।

त्यसैगरि उपाध्यक्षमा हेमप्रसाद पौडेल, सचिवमा वर्षाकुमारी लामा, सहसचिवमा बिक्रम खड्का र सहसचिव (महिला)मा नैनकुमारी चौधरी बिजयी भएका निर्वाचन समितिले जनाएको छ।

एमाले लालबन्दीको दोस्रो नगर अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि निर्वाचन भएको हो। ३०९ जना प्रतिनिधिमध्ये निर्वाचनमा २९९ जनाले मतदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad