माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड आज महोत्तरी जाँदैछन्।
बर्दिबासमा रहेको आधारशिलाको २२ हौँ वार्षिकोत्सव समारोहमा सहभागी हुन प्रचण्ड सोमबार बिहान महोत्तरी जान लागेका उनको सचिवालयले जनाएको छ।
आधारशिला माओवादी नेता कार्यकर्ताको सामूहिक बसोबाससहितको संस्था हो। माओवादी उपमहासचिव गिरिराजमणि पोखरेल नेतृत्वको यो संस्थामा एक दर्जन भन्दा धेरै परिवारको सामूहिक बसोबास छ।
वार्षिकोत्सवको अवसरमा हुन लागेको वैचारिक तथा सांस्कृतिक समारोहलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको आधारशिलाले जनाएको छ।
318
Shares

प्रतिक्रिया