नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई वासिङ मेसिनका रुपमा टिप्पणी गरेकी छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्यालले रास्वपामा पस्ने बितिक्कै सबै ठीक हुने गरेको भाष्य बन्दै गएको बताइन्। सरकारका सय दिनमा रास्वपाले लगाएको नाराभन्दा उल्टो काम भएको उनले उल्लेख गरिन्।
‘रास्वपाले जान्नेलाई छान्ने नारा लगाएको थियो। तर, जान्नेलाई फाल्ने, आफ्नालाई छान्ने नीतिलाई नै पुष्टि गरेको छ,’ अर्यालले भनिन्।
यसअघिका राजनीतिक नियुक्तलाई अध्यादेशमार्फत हटाएको सरकारले अहिले आफ्नालाई नियुक्ति दिइरहेको उनले आरोप लगाइन्। ‘चुनाव हारेकालाई भटाघट नियुक्त गर्दै छ,’ अर्यालले थपिन, ‘सरकार सय दिनमै चुकेको छ।’
यसअघि गलत देखिएका र भनिका व्यक्ति रास्वपामा लाग्ने वितिक्क राम्रा भन्न थालिएको उल्लेख गरिन्। उनले प्रश्न गरिन्, ‘रास्वपा वासिङ मेसिन हो? त्यहाँ पसेपछि सबै ठीक भइहाल्ने?’
सरकारले सुशासनको नारा लगाए पनि पछिल्लो सय दिनमा तमासा मात्रै गरेको जिकिर थियो। सम्पत्ति छानबिन आयोगको प्रसंग निकाल्दै अर्यालले भनिन्, ‘आफ्नालाई छानबिनको दायरामा नराख्ने निर्णयसँगै सुशानको तमासा र आयोग गठनको नियत प्रष्ट देखिन्छ।’
Shares

प्रतिक्रिया