समाज


काठमाडौँबाट देवघाट जाँदै गरेका तीर्थयात्री सवार बस धादिङमा दुर्घटना

एक जनाको मृत्यु, २३ घाइते
काठमाडौँबाट देवघाट जाँदै गरेका तीर्थयात्री सवार बस धादिङमा दुर्घटना

नेपालखबर
माघ २८, २०८१ सोमबार १०:३४, काठमाडौँ

धादिङमा गएराति तीर्थयात्री सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २३ जना घाइते भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले दिएको जानकारी अनुसार काठमाडौँबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस आइतबार राति १० बजे पृथ्वी राजमार्गमा पर्ने धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ मा दुर्घटनामा परेको हो। 

‘दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको निधन भएको छ,’ डीएसपी काफ्लेले नेपालखबरसँग भने, ‘दुर्घटनामा गम्भीर घाइते हुनुभएकी काफ्लेको उपचारको क्रममा महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो।’ 

दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। ९ जनाको प्रहरी अस्पताल र  बाँकी ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको डीएसपी हमालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad