राजनीति


माओवादी केन्द्रीय सदस्य माया बलको निधन

माओवादी केन्द्रीय सदस्य माया बलको निधन

फाइल तस्बिर : माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बल


नेपालखबर
माघ ८, २०७९ आइतबार ८:७, सर्लाही

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ। 

काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा गएराति साढे ८ बजे उनको निधन भएको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अच्युतम काफ्लेले जानकारी दिए।

५३ वर्षीया बल ३ वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित थिइन्। 

सर्लाहीको हरिवन नगरपालिका ९ नयाँरोड घर भएकी बलको स्वास्थ्य अवस्था जटिल बनेपछि दुई साताअघि उनलाई काठमाडौं लगिएको थियो। उपचारका लागि केएमसीमा भर्ना गरिएको थियो। 

०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट जनप्रतिनिधिमा विजयी भएकी बल ०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेकी थिइन्।

१० वर्षे जनयुद्धमा उनले सर्लाहीसँगै सिन्धुली, महोत्तरी, रौतहट लगायतका जिल्लामा रहेर काम गरेकी थिइन्। 

तीन वर्षअघि क्यान्सर भएको पुष्टि भएपछि सर्लाही जिल्ला पार्टीले उनको उपचारका लागि पहल गरेको थियो। त्यतिबेला जिल्ला पार्टीले उनलाई एक वर्षसम्म औषधि खर्चका लागि मासिक ५० हजार रुपैयाँ सहयोगसमेत गरेको थियो। 

बलका पति, तीनवटी छोरी र एउटा छोरा छन्। उनका छोरा हाल अस्ट्रेलियामा अध्ययन गरिरहेका छन्। 

उनको पार्थिव शरीर काठमाडौंबाट सर्लाही ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad