लुम्बिनी प्रदेश सभाको बैठकमा ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पेश गरिएको छ।
सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले प्रदेश सभामा विधेयक पेश गरेका हुन्। प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका कविला गण संरचना, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्सा जस्ता परम्परागत अभ्यासको संरक्षण, अभिलेखीकरण, प्रवर्द्धन र पुस्तान्तरणका लागि कानुनी व्यवस्था आवश्यक रहेको भन्दै विधेयक ल्याइएको जनाइएको छ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा थारू समुदायको जनसंख्या १८ लाख सात हजार १२४ अर्थात् कुल जनसंख्याको ६.२ प्रतिशत रहेको छ। लुम्बिनी प्रदेशमा मात्रै थारू समुदायको जनसंख्या सात लाख ३२ हजार ६९ अर्थात् प्रदेश जनसंख्याको १४.३ प्रतिशत रहेको तथ्यांक छ।
दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा थारू समुदायको उल्लेख्य बसोबास रहेको छ।
Shares

प्रतिक्रिया