ad ad

राजनीति


लुम्बिनीमा जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

लुम्बिनीमा जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

फाइल तस्बिर


नेपालखबर
असार ९, २०८१ आइतबार १०:१३, काठमाडौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

जसपा संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएकी हुन्।

विज्ञप्तिमा आजका मितिदेखि नै आफ्नो दल प्रतिपक्ष दलको भूमिकामा बस्ने उल्लेख छ।

यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। 

जसपाले समर्थन फिर्ता लिए पनि लुम्बिनीमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरालाई बहुमतमा समस्या छैन। उनलाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४, अशोक राई नेतृत्वका जसपाका २, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद गरी ४७ सांसदको समर्थन कायम छ। 

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .