राजनीति


एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे

एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे

नेपालखबर
असार २५, २०७९ शनिबार २०:१५, भैरहवा

नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन्। बुटवलमा शनिबार सम्पन्न प्रदेश कमिटीको बैठकले पाल्पाका पाण्डेलाई अध्यक्षमा चयन गरेको हो। 

पाण्डे पाल्पा क्षेत्र नम्बर २ का संघिय सांसद समेत हुन्। उनी माधव नेपालका सम्धी समेत हुन्।

यसअघि मेटमणि चौधरी एकीकृत समाजवादीको प्रदेश अध्यक्ष थिए। चौधरी सहरी विकासमन्त्री बनेपछि पाण्डेलाई प्रदेश अध्यक्ष बनाइएको हो।

बैठकमा चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको पार्टीका प्रदेश सचिव राजु गुरुङले जानकारी दिए।
यस्तै प्रदेश सचिव गुरुङले पार्टीको रुपन्देही जिल्ला अध्यक्षको जिम्मेवारी छोडेका छन्। एकीकृत समाजवादीले अविराम विकलाई जिल्ला अध्यक्ष बनाएको छ। विक यसअघि जिल्ला सचिव थिए।

यसैगरी रुपन्देही जिल्ला उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराईले आफ्नो पदीय जिम्मेवारी छोडेका छन्। लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएपछि भट्टराईले जिल्ला उपाध्यक्ष छोडेका हुन्। जिल्ला उपाध्यक्षमा श्रीराम यादव र चिनबहादुर गुरुङ, सचिवमा सरिता श्रीष, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मीरा श्रेष्ठ चयन भएका छन्।

बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ। बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad