राजनीति


कोसी प्रदेश सरकार चाँडै पुनर्गठन हुन्छ : शेरधन राई

कोसी प्रदेश सरकार चाँडै पुनर्गठन हुन्छ : शेरधन राई

नेपालखबर
पुस ७, २०८२ सोमबार १४:४, काठमाडौँ

नेकपा (एमाले) का नवनिर्वाचित सचिव शेरधन राईले कोसी प्रदेश सरकार चाँडै पुनर्गठन हुने बताएका छन्। 

एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनपछि विराटनगर आएका सचिव राईले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रदेश सरकार पुनर्गठनका लागि सत्ता साझेदार नेपाली कांग्रेससँग एक-दुई दिनभित्र छलफल हुने बताए। यसअघि नै कोसी पुनर्गठनको तयारी गरिए पनि महाधिवेशन लगायतका कारणले ढिलाइ भएको उनको भनाइ थियो। 

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे सोधिएको एक प्रश्नको जवाफमा राईले एमाले चुनावमा सहभागी हुने बताए। सरकारले चुनाव गराउने दिशामा काम नगरेको आरोप लगाउँदै उनले भने, ‘यो सरकार चुनाव गराउन बनेकै होइन।’

महाधिवेशनपछि एमाले एकढिक्का भएको उनको भनाइ थियो। आन्तरिक प्रतिष्पर्धामा दुई समूह देखिए पनि त्यो अब अन्त्य भएको उनको दाबी थियो। आउँदो केन्द्रीय कमिटीको बैठकबाट पराजितलाई पनि समेटेर कार्यविभाजन हुने उनले जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad