राजनीति


वडाध्यक्षको चुनाव हारेपछि सुनसरीका २१३ जना कार्यकर्ताले एमाले छाडे

वडाध्यक्षको चुनाव हारेपछि सुनसरीका २१३ जना कार्यकर्ताले एमाले छाडे

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार ८:५४, सुनसरी

सुनसरीको गढी गाउँपालिका वडा नम्बर- ६ का वडाध्यक्षसहित नेकपा (एमाले)का दुईसय १३ जना कार्यकर्ताले पार्टी छाडेका छन्।

यही मंसिर १६ गते गढी गाउँपालिका ६ मा भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवार वडाध्यमा पराजित भएपछि नेतृत्वविरुद्ध विभिन्न आरोप लगाउँदै पार्टीका वडाध्यक्ष चित नारायण खेरबारसहित एमालेका दुईसय १३ जना संगठित सदस्यले पार्टी छाडेका हुन्। 

गढी ६ मा भएको उपनिर्वाचनमा एमाले उम्मेदवार सन्तु उराव तेस्रो भएका थिए। वडाध्यक्षमा कांग्रेसका तेतर साहु विजयी हुँदा माओवादीका कुशेश्वर खेरबार दोस्रो भएका थिए। 

एमालेका वडाध्यक्षका उम्मेदवारलाई पराजित गर्न सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित एमालेका प्रतिनिधिभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य भगवती चौधरी र सुनसरी ३ को प्रदेशसभा ‘ख’बाट निर्वाचित कोसी प्रदेश सभा सदस्य रामदेव यादवसहितका नेता नै लागि परेको गम्भीर आरोप उनीहरुले लगाएका छन्। 

एमालेले संघीय सांसद चौधरी र प्रदेश सांसद यादवलाई गढी ६ को निर्वाचन परिचालन मूल समितिको संयोजक र सह संयोजक बनाएको थियो। 

‘पार्टीका उम्मेदवारलाई विजय गराउन जिम्मेवारी तोकिएका जिम्मेवार कमरेडहरु जसरी निर्वाचनमा परिणाम हाँसिल गर्न जुट्नु पथ्र्यो त्यो भएन,’ अध्यक्ष खेरबारले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सांसद रामदेव यादवले कांग्रेसका तप्कन दाससँगको आर्थिक लेनदेनको हल्ला हातीमुडामा चल्नु र पालिका उपाध्यक्ष अनिता साहले जातीको आधारमा कांग्रेसका उम्मेदवारको पक्षमा भोट माग्दै हिँड्नु नै हाम्रो उम्मेदवारको पराजयको मुख्य कारण बनेको छ।’

 हेर्नुहोस् प्रेस विज्ञप्ति


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad