नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर फिल्डिङ रोजेपछि पोखराले ब्याटिङ गर्ने भएको हो।
खेल आज बिहान ९ बजे सुरु हुनेछ। एनपीएलको आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको पोखरा दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ।
जनकपुर भने लगातार तेस्रो जितको खोजीमा छ। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि कर्णाली याक्सलाई ८ विकेटले नै हराएको थियो।
जनकपुर आजको खेलमा पोखरालाई हराउँदै अंक तालिकाका शीर्ष स्थानमा कायमै रहन चाहन्छ।
186
Shares

प्रतिक्रिया