राजनीति


ग्रामथानको अध्यक्षमा माओवादी उम्मेदवारलाई झण्डै ७ सय मतको अग्रता

ग्रामथानको अध्यक्षमा माओवादी उम्मेदवारलाई झण्डै ७ सय मतको अग्रता

नेपालखबर
मंसिर १७, २०८१ सोमबार ४:१, काठमाडौँ

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीले अग्रता बढाउँदै लगेको छ। निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार ग्रामथानका माओवादी उम्मेदवार नमो नारायण माझीले झण्डै ७ सय मतको अग्रता बनाइसकेका छन्। 

उनले २ हजार ४१२ मत पाउँदा कांग्रेसका बलराम सरदार थारुले १ हजार ७४० मत पाएका छन्। 

एमालेका तुलसीराम विश्वासको ९९३ मत छ। यसअघि नेपाली कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए।

माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो। तर अहिले माओवादी उम्मेदवारले सुरुदेखि नै अग्रता बनाइरहेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad