उपनिर्वाचन अन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि अहिले उत्साहकासाथ मतदान भइरहेको छ।
अघिल्लो चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित ग्रामथान गाउँपालिकाको अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।
ग्रामथानमा कांग्रेसबाट बलराम सरदार, एमालेबाट तुलसीराम विश्वास र माओवादी केन्द्रबाट नमोनारायण माझी अध्यक्ष पदका उम्मेदवार छन्।
यसअघिको निर्वाचनमा ८ जना उम्मेदवार रहेको ग्रामथान गाउँपालिका अध्यक्षमा यसपटक १६ जनाले उम्मेदवारी दिएका छन्।
यी तीन ठूला दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवास, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टीका सुरेशकुमार राजवंशी, जनमत पार्टीका विनोदकुमार माझी, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर विश्वकर्मा, नागरिक उन्मुक्तिका बुद्धिचन विश्वास थारु, नेपाल मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारु र मंगोल नेसनल अर्गनाइजेसनका भरत राई उम्मेदवार छन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजु मुसहर, नेपाल समाजवादी पार्टीका धर्मेन्द्रकुमार चौधरी, समावेशी समाजवादी पार्टीका बोधनारायण माझी र स्वतन्त्र नमनारायण चौधरी थारुले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।
Shares

प्रतिक्रिया