संसद्को सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज (आइतबार) युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग छलफल गर्ने भएको छ।
राष्ट्रिय सभाको यस समितिले मन्त्री चौधरीसँगै मन्त्रालयका सचिव सुमनराज अर्याल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई अहिले बिहान ११ बजेका लागि बोलाएको छ।
बैठकमा मन्त्री, सचिव र सदस्य-सचिवसँग युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल गरिने समितिले जनाएको छ।
विधायन समितिले पछिल्लो समय विभिन्न मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनका विषयमा छलफल गरिरहेको छ।
9
Shares

प्रतिक्रिया