राजनीति


हिक्मत कार्कीले तीन मन्त्रीसहित शुक्रबारबाटै कोशी सरकार सम्हाल्ने

हिक्मत कार्कीले तीन मन्त्रीसहित शुक्रबारबाटै कोशी सरकार सम्हाल्ने

नेपालखबर
साउन ११, २०८० बिहिबार २२:३९, काठमाडौँ

कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा सर्वोच्च अदालतको आदेशअनुसार पुनर्वहाली भएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की शुक्रबार बिराटनगर जाने भएका छन्।

शुक्रबार बिहान ८ बजे काठमाडौं गएर उनले बिराटनगर विमानस्थलमा पत्रकार सम्मेलन गर्ने भएका छन्। पत्रकार सम्मेलन गरेपछि उनलेे बिराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा पुगेर जिम्मेवारी सम्हाल्ने भएका छन्।

मुख्यमन्त्रीमा पुनर्वहाली भएसँगै उनले शुक्रबारदेखि प्रदेश सरकारको काम थाल्ने नेपालखबरलाई बताएका छन्।

असार २१ गते मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नियुक्ति नै अवैधानिक बाटोबाट भएको ठहरसहित  बदर गरेसँगै कामचलाउ सरकारको जिम्मा कार्कीले पाएका हुन्।

अब साउन १७ गतेसम्मका लागि कार्की कामचलाउ मुख्यमन्त्रीका रूपमा बहाली रहनेछन्।

कार्कीको पुनर्वहालीसँगै उनको सरकारका मन्त्रीहरूले पनि शुक्रबारदेखि नै मन्त्रालय सम्हाल्ने भएका छन्।

कार्की नेतृत्वको सरकारका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले शुक्रबार आफूहरू मन्त्रालय जाने बताएका छन्।

माओवादी केन्द्र बाहिरिएपछि कार्कीले तीन मन्त्रीलाई दुई दुई मन्त्रालयको जिम्मेवारी दिएका थिए।

राष्ट्रिय प्रजातान्त्र पार्टी दलका नेता भक्ति सिटौलाले कृषि र पूर्वाधार मन्त्रालय सम्हालेका थिए। उनी पनि शुक्रबार मन्त्रालय जाने भएका छन्।

एमालेका राजभण्डारीसँगै सिँचाइ र स्वास्थ्य मन्त्रालय सम्हालेका लकुमार मेयाङ्बोले पनि मन्त्रालय सम्हाल्न बिराटनगर जाने तयारी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad