कर्णाली प्रदेशमा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन्।
कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्त चयन गरेको हो।
दलको नेतामा दाबी गरिरहेका राजीवविक्रम शाह पछि हटिदिँदा शाही सर्वसम्मत भएका हुन्।
पछि हटेका शाह नै शाहीको प्रस्तावक बने भने जानकी सिंहले समर्थक गरिन्।
उनी अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री रहेका छन्। उनी मंसिर ४ को निर्वाचनमा हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए।
उनले एमालेका छक्कबहादुर लामालाई ४,०७७ मतान्तरले पराजित गरेका थिए। शाहीले ७,०५६ मत ल्याएका थिए।
लामाले २,९७९ मत ल्याए। निर्वाचनअघिबाटै शाही कर्णालीको मुख्यमन्त्रीमा दोहोरिन सक्ने चर्चा थियो।
459
Shares

प्रतिक्रिया