अपराध


विदेशमा बसेर महिलालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

विदेशमा बसेर महिलालाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १६:३९, काठमाडौँ

विदेशमा बसेर नेपाली महिलालाई फेसबुकमार्फत हैरानी दिने एक व्यक्ति पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ नौदिहवा घर भई वैदेशिक रोजगारीमा दुबई रहेका पीडक वर्ष ३१ को विश्वनाथ कुर्मी रहेका छन्।

कुर्मीले सामाजिक सञ्जाल फेसबुकमा साथी बनाई कुराकानी गर्ने क्रममा विभिन्न प्रलोभनमा पारी महिलालाई अश्लिलता प्रदर्शन गर्न प्रेरित गरी फोटो/भिडिओ बनाएका थिए। 

सो को स्क्रिन सट लिई फेसबुक म्यासेन्जरबाट महिलाको आफन्त तथा साथीहरुले प्रयोग गर्दै आएको म्यासेन्जरमा समेत उक्त अश्लिल संवादको अभिलेख पठाई पीडितलाई मानसिक दुःख, हैरानी दिने कार्य गरेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

कुर्मीलाई दुबईबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरिएको हो। 

पक्राउ परेका उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .