ad ad

राजनीति


स्वतन्त्रता दिवसका दिन मोदीले भने- बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित हुनुपर्छ

स्वतन्त्रता दिवसका दिन मोदीले भने- बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित हुनुपर्छ

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १०:१५, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्। 

मुलुकको ७८औँ दिवसका अवसरमा आज (बिहीबार) बिहान लाल किल्लामा झन्डा फहराएपछि मोदीले बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दूहरूविरुद्ध भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेका हुन्।

उनले भने, ‘बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरिनुपर्छ। हामी हाम्रा छिमेकीहरूको सुख र शान्ति चाहन्छौँ।’

बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भइन्। हाल उनी भारतमा छिन्। 

त्यसयता बंगलादेशमा अल्पसंख्यक, विशेषगरी हिन्दुहरूविरुद्ध हिंसा भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .