बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले मंगलबार राजधानी ढाकास्थित ढाकेश्वरी मन्दिरको दर्शन गरेका छन्।
मन्दिर पुगेपछि युनुसले मन्दिरको व्यवस्थापन बोर्ड र सर्वसाधारणका साथै बंगलादेश पूजा–उद्योग परिषद्का पुजारी र अधिकारीहरूसँग भेटघाट गरे।
शेख हसिनाको सत्ता ढलेयता बंगलादेशमा हिन्दु समुदायविरुद्ध आक्रमण बढ्दै गएको छ। हालसम्म ५२ जिल्लामा हिन्दुविरुद्ध आक्रमणका २०५ घटना सार्वजनिक भएका छन्।
बंगलादेशी हिन्दुहरूमाथि बढ्दो आक्रमणले भारत, अमेरिका, बेलायत र क्यानडामा पनि विरोध प्रदर्शन भएका छन्।
यस्तो अवस्थामा मोहम्मद युनुसको यो कदमलाई हिन्दु समुदायलाई शान्ति कायम राख्न अपिलका रूपमा हेरिएको छ।
स्थानीयसँग कुरा गर्दै युनुसले भने- लोकतन्त्रमा कोही हिन्दु–मुस्लिम हुँदैन। हामी सबै एक हौँ र सबैको समान अधिकार छ।’ एजेन्सी
Shares
प्रतिक्रिया