ad ad

राजनीति


धार्मिक विवादले घेरिएका भाजपा नेता टी राजा सिंहले जिते चुनाव

धार्मिक विवादले घेरिएका भाजपा नेता टी राजा सिंहले जिते चुनाव

टी राजा सिंह (बायाँ) र तेलंगाना भाजपा अध्यक्ष जी किशन रेड्डी


नेपालखबर
मंसिर १८, २०८० सोमबार १०:४१, काठमाडौँ

भारतको तेलंगाना विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले आठ सिट जितेको छ। यीमध्ये एउटा सिटमा टी राजा सिंह पनि विजयी भएका छन्, जो धार्मिक विवादमा फसेका थिए।

हैदरावादको गोशामहल सिटमा भाजपा उम्मेदवार टी राजा सिंहको प्रदर्शन सबैभन्दा राम्रो रह्यो। उनले यो सिट २१ हजारभन्दा बढी मतान्तरले जितेका हुन्। यो सिटमा उनको यो तेस्रो जित हो।

टी राजा सिंह आफ्नो विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन्। उनी सन् २०१४ मा भाजपामा प्रवेश गरेका थिए।

गत वर्ष टी राजा सिंहले पैगम्बर मोहम्मदबारे विवादास्पद बयान दिएका थिए र उनीविरुद्ध मुद्दा पनि दर्ता भएको थियो। यो मुद्दामा उनी झण्डै दुई महिना जेल बस्नुपरेको थियो। तेलंगाना उच्च अदालतले उनलाई कुनै भड्काउने भाषण नगर्ने सर्तमा धरौटीमा रिहा गराएको थियो।

यो मामिला बढ्दै गएपछि भाजपाले उनलाई निलम्बन गरेको थियो तर उक्त निलम्बन यसै वर्षको अक्टोबरमा खारेज गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .