मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध क्लिन स्विप गरेका तीन जिल्ला अध्यक्षलाई नेकपा एमालेले सम्मान गरेको छ।
समानुपातिकतर्फ पहिलो दल भएपछि मंगलबार आयोजित काठमाडौंमा आयोजित बधाई कार्यक्रम तीन जिल्लालाई सम्मान गरिएको हो।
सम्मानित हुने एमाले जिल्ला कमिटीहरुमा धनकुटा,पर्वत र अर्घाखाँची रहेका छन्।
त्यसैगरी बहुदलपछि पहिलोपटक प्रतिनिधि सभामा विजयी गराउन सफल सोलुखुम्बु जिल्ला कमिटी अध्यक्षलाई पनि विशेष सम्मान गरिएको छ।
एमालेबाट धनकुटामा राजेन्द्र राई, अर्घाखाँचीमा टोपबहादुर रायमाझी, पर्वतमा पदम गिरी विजयी भएका थिए।
त्यस्तै बहुदलपछि पहिलो पटक सोलुखुम्बुबाट प्रतिनिधिसभामा एमालेका मानवीर राई विजयी भएका छन्। उनले कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीलाई हराएका थिए।
पुस ५, २०७९, मंगलबार
प्रतिक्रिया