ad ad

राजनीति


दोलखामा दोहोर्‍याएर मतदान, मतगणनामा रोचक प्रतिस्पर्धा

दोलखामा दोहोर्‍याएर मतदान, मतगणनामा रोचक प्रतिस्पर्धा

नेपालखबर
मंसिर १९, २०७९ सोमबार १२:३७, काठमाडौँ

रोचक प्रतिस्पर्धाकाबीच अन्ततः दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन्। कार्कीले झिनो मतान्तरमा दोलखाबाट जित निकालेसँगै संघीय संसदमा अब नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्ने प्रत्यक्ष सांसदको संख्या १८ पुगेको छ।

मतगणनाको प्रारम्भिक चरणदेखि नै कडा प्रतिस्पर्धा भएको दोलखामा कार्कीले ३६ हजार ७ सय ९५ मत ल्याउँदा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटी ३६ हजार ४ सय ७७ मतमा सीमित भए। 

कार्की र शिवाकोटीबीच ३ सय १८ मतको अन्तर छ।

४ मंसिरमा भएको मतदानमा ‘बुथ कब्जा’ भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले १५ मंसिरमा पुनः मतदान गरेको थियो। दोहोर्‍याएर भएको मतदानपछि त्यहाँ सर्वदलीय सहमति सहित मतगणना सुरु भएको थियो। 

मतगणनाको सुरुवाती चरणदेखि नै दोलखाको परिणाम रोचक बन्दै गएको थियो। खासगरी एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूबीच भएको प्रतिस्पर्धामा एक अर्काबीच उछिनापछिन भइरह्यो।

मतगणनाको क्रममा एउटा उम्मेदवारले बनाएको सयौं मतको अग्रता अर्को उम्मेदवारले घटाउने मात्र होइन, बेला बेलामा उछिनापछिन भयो। सरुवाती चरणमा अग्रता लिएका माओवादीका कार्की कहिले अगाडि कहिले पछाडि हुँदै अन्ततः जित निकाल्न सफल भएका हुन्। 

शुक्रबार (१६ मंसिर)बाट सुरु भएको मतगणना सोमबार (१९ मंसिर) मा अन्तिम मतपरिणाम सार्वजनिक भयो। यहाँको मतगणनाको अन्तिमसम्म आइपुग्दा पनि दुवै उम्मेदवारले आफ्नो जित घोषणापूर्व नै निश्चित गर्न सकेनन्। 

सुरुदेखि नै अग्रता लिएका माओवादी उम्मेदवार कार्कीले फराकिलो मतान्तर बनाएसँगै यहाँ उनको जित निश्चित भएजस्तैगरी प्रचार समेत भए। तर शनिबार (१७ मंसिर) बिहानदेखि एमाले उम्मेदवार शिवाकोटीले अग्रता लिन थाले। 

एमाले उम्मेदवार बालकृष्ण शिवाकोटी र माओवादी उम्मेदवार गंगा कार्की।

शनिबार दिनभर उनले उनले आफ्नो अग्रता कायम राखिरहे। झण्डै १५ सयको अग्रतालाई सन्तुलन गर्दै शविाकोटीले २ हजार बढी मतान्तर पनि बनाएका थिए। 

शिवाकोटीको फराकिलो अग्रता हुन थालेपछि माओवादी उम्मेदवारमाथि हुन थालेका टिप्पणी एमाले उम्मेदवारमाथि हुन थाल्यो। अन्तिम मतपरिणाम एमालेको पक्षमा जानसक्ने आकलन हुन थालिसकेको थियो। 

दोहो¥याएर शान्तिपूर्ण रुपमा निर्वाचन भएपछि नतिजा कता जान्छ भन्नेमा उसैपनि ढुकढुकी बढेको थियो। जब, वैतेश्वर र शैलुङको मतगणना सुरु भयो त्यसपछि पुनः माओवादीका कार्कीले मतान्तर घटाए।

सुरुवाती अग्रतामानै १८ सय सम्मको अग्रता लिएका माओवादीका कार्कीले मतगणनाको मध्यान्तरमा २ हजारभन्दा बढी मतान्तरले पछि परे। त्यसक्रममा माओवादी केन्द्रका दोलखाका युवा नेता ऋतिकराज गिरिले मतपरिणामको संभावित आकलनबारे सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। 

‘भीमेश्वर नगरपालिकाको मतगणना गर्दा बालकृष्ण शिवाकोटीलाई धेरैले बधाई दिन्छन्, विजय घोषणा पनि गर्छन्, जुलुशको तयारी पनि गर्छन्’ शुक्रबार साँझ गिरिले आफ्नो फेसबुकमा लेखेका थिए, ‘जब बैत्तेश्वर र तामाकोशी गाउँपालिकाबाट मतगणना सुरु हुन्छ, त्यसपछिको परिणाम फरक हुन्छ।’ 

गिरिले लेखेजस्तै सोमबार अन्तिम मतपरिणाम आउने बेलासम्म मतपरिणाम उछिनापछिन भइरह्यो। अन्तिम परिणाम आउँदा नतिजाले पनि कोल्टे फेर्‍यो। 

पटक पटक फराकिलो मतान्तर बनाएरपनि एमाले उम्मेदवार शिवाकोटी अन्तिममा ३ सय १८ को झिनो मतान्तरले पराजय व्यहोर्नपर्‍यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .