ad ad

राजनीति


दोलखामा मतान्तर ८ सयमा झर्‍यो, एमाले अघिअघि, गठबन्धन पछिपछि

दोलखामा मतान्तर ८ सयमा झर्‍यो, एमाले अघिअघि, गठबन्धन पछिपछि

फाइल तस्बिर


नेपालखबर
मंसिर १८, २०७९ आइतबार १६:३, काठमाडौँ

प्रतिनिधि सभाअन्तर्गत दोलखामा जारी मतगणनामा सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ।

जारी मतगणनामा पछिल्लो मतपरिणाम आउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी ८५२ मतले अघि देखिएका छन्। 

नेकपा माओवादी केन्द्रका गंगा कार्की अहिले शिवाकोटीलाई पछ्याइरहेका छन्। यसअघि यहाँ शिवाकोटीलले करिब २ हजार मतको अग्रता बनाएका थिए। तर अहिले त्यो अग्रता ८५२ मा झरेको छ। 

हालसम्म ४७ हजार ४३७ मत गनिसक्दा एमालेका शिवाकोटीले २० हजार ६४५ मत ल्याएका छन्। 

उनलाई पछ्याइरहेका कार्कीले १९ हजार ७९३ ल्याएका छन्। ताजा अवस्थामा यी दुईजनाबीचको मतान्तर ८ सय ५२ मा झरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .