ad ad

राजनीति


स्याङ्जा–२ मा कांग्रेस उपसभापति गुरुङ विजयी

स्याङ्जा–२ मा कांग्रेस उपसभापति गुरुङ विजयी

फाइल तस्बिर


नेपालखबर
मंसिर १८, २०७९ आइतबार ६:२४, वालिङ

स्याङ्जा–२ मा प्रतिनिधिसभा सदस्य पदमा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन्। 

शनिबार साँझ सम्पन्न मत गणनाअनुसार ५ हजार ६ सय २७ मतान्तरसहित गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए।

उनले ३१ हजार चार सय ६६ मत प्राप्त गरेका छन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरेकी छन्। यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित भएकी थिइन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गरेका छन्।

स्याङ्जा–२ ९२० मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई विजयी भएका छन्। भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .