ad ad

राजनीति


एमालेको समानुपातिक मत ६ लाख पुग्नै लाग्यो, अन्य कुन दलको कति? (सूची)

एमालेको समानुपातिक मत ६ लाख पुग्नै लाग्यो, अन्य कुन दलको कति? (सूची)

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १५:५१, काठमाडौँ

प्रतिनिधि सभा समानुपातिकतर्फ सुरुदेखि नै पहिलो स्थानमा रहेको नेकपा एमाले अघि लागेको लाग्यै छ। बिहीबार दिउँसो ३:२८ बजेसम्म एमालेले समानुपातिक भोटको संख्या ६ लाख पुर्‍याउन लागेको छ। 

निर्वाचन आयोगको तथ्यांकअनुसार अहिलेसम्म एमालेका पक्षमा ५ लाख ९७ हजार ८ सय ५२ समानुपातिक मत आएको छ।

यस्तै नेपाली कांग्रेसले पनि आफ्नो दोस्रो स्थान छाडेको छैन। उसले अहिलेसम्म ५ लाख ६६ हजार ७ सय ६१ समानुपातिक मत पाएको छ।

यस्तै सुरुदेखि नै तेस्रो स्थान ओगटेको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ३ लाख ४ हजार ४ सय ८२ समानुपातिक मत प्राप्त गरेको छ। 

आयोगका अनुसार नेकपा माओवादी केन्द्र २ लाख ७३ हजार ७ सय ९४ मतका  साथ चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेर राष्ट्रिय

प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख ६५ हजार ८ सय ९ समानुपातिक मत ल्याएको छ। 

समानुपातिकमा अन्य दलको सूची :

जनता समाजवादी पार्टी, नेपाल
७४०४५

नेपाल मजदुर किसान पार्टी
५१४५५

जनमत पार्टी
४८७७६

नागरिक उन्मुक्ति पार्टी
४८२५८

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी
४०४०५

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
३३१५१

हाम्रो नेपाली पार्टी
२२८७४

राष्ट्रिय जनमोर्चा
१६४६५

मंगोल नेसनल अर्गनाइजेसन
११२७१

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादी
६५४२

राष्ट्रिय जनमुक्ति पार्टी
६२४५

एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टीरनेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)
४६५४

नेपाल संघीय समाजवादी पार्टी
४३९२

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
३४१५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .