ad ad

राजनीति


चितवन १ मा रास्वपाका हरि ढकालले हराए सुरेन्द्र पाण्डेलाई

चितवन १ मा रास्वपाका हरि ढकालले हराए सुरेन्द्र पाण्डेलाई

दायाँबाट पहिलो हरि ढकाल, दोस्रो विश्व पौडेल र तेस्रो सुरेन्द्र पाण्डे


नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १६:५, चितवन

चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन्। नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५ सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन्। 

ढकालले ३४ हजार १ सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार ६ सय ८ मत ल्याए। नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय ९ मत पाए। 

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये ३ हजार ६ सय २१ मत बदर भई ९१ हजार ४ सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ। 

उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा एमालेका जगन्नाथ थपलिया विजयी भएका छन्। थपलियाले १७ हजार ६ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार ७ सय १२ मत पाए। यस प्रदेशमा ४३ हजार ८ सय ३६ मत खसेको थियो। 

यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा एकिकृत समाजवादीका कृष्णप्रसाद खनाल विजयी भएका छन्। खनाल १५ हजार ५ सय ७ मत प्राप्त गरी विजयी भएका हुन्।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार ७ सय ६८ मत प्राप्त गरे। यस प्रदेशमा ५१ हजार १ सय ३६ मत खसेको आयोगले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .