सोलुखुम्बुमा नेकपा एमालेका मानवीर राईले सत्तारुढ गठबन्धनका बलबहादुर केसीलाई पराजित गरेका छन्।
राईले नेपाली कांग्रेसका केसीलाई २ हजार ७७९ मतले हराएका हुन्। विजयी राईले १९ हजार ३२४ ल्याउँदा कांग्रेसका केसीले १६ हजार ५४५ मत पाए।
त्यहाँ जनता समाजवादी पार्टीका लाक्पा शेर्पाले ९०१, नेकपा मार्क्सवादी लेनिनवादीका विष्णुप्रसाद बास्तोलाले ४९० ल्याए।
२०४८ सालदेखि निरन्तर चुनावी मैदानमा रहेका केसी तेस्रो पटक पराजि भए। लगातार हारिरहेका उनी यस पटक गठबन्धन हुँदा पनि पराजित भए।
नेकपा माओवादी केन्द्रले पाएको टिकट खोसेर चुनावी मैदानमा होमिएका उनलाई एक्लै उम्देवारी दिएका राईले पराजित गरेका हुन्।
मंसिर ८, २०७९, बिहीबार
प्रतिक्रिया