नेपालका लागि फ्रान्सकी राजदूत भिर्जिनी कोर्तभालले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छन्।
भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले आफ्नो कार्यकालमा नेपाल-फ्रान्स सम्बन्धलाई सुदृढ बनाउन राजदूत कोर्तभालले पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरे।
उनले पर्यटन, जलवायु परिवर्तनसम्बन्धी पहल, पर्वतीय पारिस्थितिक प्रणाली संरक्षण तथा दुई देशका नागरिकबीचको सम्बन्ध विस्तारलगायत विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य प्रवद्र्धन गर्न राजदूतले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।
मन्त्री खनालले राजदूत कोर्तभालको भावी जीवन सुख, सफलता र समृद्धिको कामना गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना पनि व्यक्त गरेका छन्।
त्यसअघि राजदूत कोर्तभालले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि बिदाइ भेट गरेकी थिइन। भेटका अवसरमा परराष्ट्र सचिव राईले आफ्नो कार्यकालमा नेपाल-फ्रान्स सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत कोर्तभालले पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया