नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला सल्यान–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
बिहीबार बिहान सम्पन्न मतगणनामा उनी ३५ हजार ७ सय मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन्।
सल्यानमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रवीर राई १३ हजार २९ मतका साथ तेस्रो भएका छन्।
प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्रका भीमप्रकाश शर्मा २२ हजार २४३ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार कुलबहादुर गिरीले १४ हजार २२५ मत पाएका छन्।
यस्तै ‘ख’ मा नेपाली कांग्रेसका सुरेश अधिकारी २० हजार ४०८ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।
उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार गुलाबजंग शाहले १६ हजार ६२८ मत ल्याएका छन्।
Shares

प्रतिक्रिया