रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अग्रता कायम राखेका छन्। सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले कायम राखेको अग्रता पछिल्लो परिणाममा विष्णुले आफ्नो पक्षमा राखेका छन्।
निर्वाचन आयोगका अनुसार विष्णुले ६ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् भने स्वतन्त्र पार्टीका गणेशले ६ हजार ५५ मत प्राप्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय जनमुक्ति पार्टी केशव बहादुर थापा मगर ४ हजार ७ सय २२ मत प्राप्त गरेका छन्।
228
Shares

प्रतिक्रिया