कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार तारा लामा तामाङ सुरुवातदेखिको अग्रतालाई निरन्तरता दिँदै गएका छन्।
क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयले बिहान करिब ४ बजे सार्वजनिक गरेको परिणाममा उनी निकटतम् प्रतिष्पर्धीभन्दा झण्डै दोब्बर मतले अगाडि छन्।
आयोगले १३ हजार ८८९ मतपत्रको गणना कार्य सम्पन्न हुँदा तामाङले ७ हजार २५३ मत पाएको जनाएको छ। उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार बीना मगर ३ हजार ८०५ मतका साथ पछ्याइरहेकी छन्।
कञ्चनपुर–१ मा अहिलेसम्म गणना भएका मतपत्रमध्ये ७८४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। कञ्चनपुरका बेलौरी र पुनर्वास नगरपालिका तथा बेल्डाँडी र लालझाडी गाउँपालिका समेतटेर क्षेत्र नम्बर १ को भूगोल तय गरिएको छ।
210
Shares

प्रतिक्रिया