ad ad

राजनीति


दुबै गठबन्धनलाई पछि पार्दै सर्लाही- ४ मा कांग्रेसका ‘बागी’ को अग्रता

दुबै गठबन्धनलाई पछि पार्दै सर्लाही- ४ मा कांग्रेसका ‘बागी’ को अग्रता

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ८:२, सर्लाही

सर्लाही–४ मा मतगणना चल्दै गर्दा सत्तारुढ र एमाले–राजपा गठबन्धनका उम्मेदवार स्वतन्त्र उम्मेदवार भन्दा पछि परेका छन्। 

सत्तारुढ र एमाले राजपा गठबन्धनलाई पार्दै कांग्रेसका ‘बागी’ अमरेश कुमार सिंहले सर्लाही– ४ मा अग्रता बनाएका हुन्। सिंहका प्रतिस्पर्धी पनि स्वतन्त्र नै छन्। 

माओवादी केन्द्रका नेता शिवपुजन रायकी छोरी मधुमालाकुमारी यादवले स्वतन्त्र उम्मेदवार बनेर अमरेशलाई पछ्याइरहेकी छन्। 

पछिल्लो मत परिणामअनुसार सिंहले माछा चुनाव चिन्हमा १ हजार १८५ मत प्राप्त गर्दा मधुमाला कुमारीले चापाकल चुनाव चिन्हमा ८६४ मत पाएकी छन्। 

यहाँ सत्तारुढ गठबन्धनका नागेन्द्रकुमार रायले ८२३ र एमाले–जसापा गठबन्धनका उम्मेदवार राकेशकुमार मिश्रले २४० मत मात्रै पाएका छन्। राय कांग्रेस र मिश्र जसपाका नेता हुन्। 

अमरेश सिंह ०७४ को निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधिसभामा विजयी भएका छन्। यसपटक कांग्रेसको कारबाहीमा परेपछि उनले पार्टीबाट टिकट पाएनन्। 

यहाँ कांगेस नेता रायले टिकट पाएपछि उनले स्वतन्त्रमा उम्मेदवारी दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .