समाज


रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन

रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन

महावीर विश्वकर्मा


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ८:१२, काठमाडौँ

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता एवं वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य महावीर विश्वकर्माको निधन भएको छ। 

आज गृहजिल्ला चितवनमा विश्वकर्मा सवार माइक्रो बस बिग्रेर रोकिराखेको गाडीमा ठोक्किँदा उनको निधन भएको वैज्ञानिक समाजवादी पार्टीकी केन्द्रीय सदस्य रुपा सुनारले जानकारी दिइन्। 

‘उहाँ चढेको माइक्रो बस बिग्रेको गाडीमा ठोक्किँदा उहाँको निधन भएको हो’, मंगलबार बिहान सुनारले नेपालखबरसँग भनिन्। 

चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट माइक्रोमा काठमाडौं फर्किंदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान दुर्घटना भएको हो। सुन्दरवस्तीबाट नारायणघाटतर्फ आउँदै गरेको उनी सवार बा ४ ख ४१२ नम्बरको माइक्रो रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको हो।

दुर्घटनामा अन्य ४ जना घाइते भएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .