राजनीति


कास्की २ : घण्टीको अग्रता कायमै, विद्या भट्टराई ४० मतले पछाडि

कास्की २ : घण्टीको अग्रता कायमै, विद्या भट्टराई ४० मतले पछाडि

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १०:३२, लेखनाथ

कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना जारी छ।

प्रतिनिधिसभा सदस्यको ५ सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै १ सय ६२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले १ सय २२ मत ल्याएकी छन्। 

यस्तै गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले १ सय १० मत प्राप्त गरेका छन् भने राप्रपाका सुवर्णराज पन्तले ७५ मत पाएका छन्। 

निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यको मतगणना पनि सुरु भइरहेको र केही समयमा प्रारम्भिक नतिजा सार्वजनिक गरिने बताइएको छ। 

त्यस्तै कास्की निर्वाचन क्षेत्र नं १ र ३ को मतगणना बिहान ११ बजे सुरु गरिने निर्वाचन कार्यालय पोखराका प्रदेश निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .