ad ad

राजनीति


धनुषामा ६२ प्रतिशत मतदान

धनुषामा ६२ प्रतिशत मतदान

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १७:५४, जनकपुरधाम

प्रतिनिधि तथा प्रदेश सभाका लागि भएको मतदानमा धनुषामा ६२ प्रतिशत मत खसेको छ। जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचनमा ६२ प्रतिशत मतदाताले मतदान गरेका हुन्।

धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जिल्लाको चारवटै निर्वाचन क्षेत्र मिलाएर ६२ प्रतिशतसम्म मतदान भएको जानकारी दिए। 

‘जिल्लाभरिमा शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भएको छ,’ उनले भने, ‘हामीले सुरक्षा व्यवस्था कडा बनाएका थियौं। मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएकोले अब केहीबेरपछि ढुवानी गरिने भएको छ।’ 

जिल्लाको ३२३ मतदानस्थलका ६०६ मतदान केन्द्रमार्फत बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .