राजनीति


मोरङका चार स्थानमा मतगणनाको तयारी

मोरङका चार स्थानमा मतगणनाको तयारी

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १८:१, काठमाडौँ

मोरङ चार स्थानमा मतगणना तयारी गरिएको छ। विराटनगर को आदर्श माविमा क्षेत्र नम्बर ४,५र ६ को मत गणना गरिने छ भने अन्य निर्वाचन क्षेत्रको मत गणना विराटनगर बाहिर गर्ने व्यवस्था मिलाइएको छ।

विराटनगरको आदर्श स्कुलमा हुने तीन क्षेत्रको मतणनाका लागि प्रशासनले बाँसको घेरा लगाएको छ। क्षेत्र नम्बर ४, ५ र ६ को मतणना स्थलमा गणक र दलका प्रतिनिधि बस्ने स्थान छुट्याउन बासको घेराबार लगाएको हो।

मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र छन् । 

आइतबारको निर्वाचनपछि उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगर गरी चार स्थानमा गणना गर्न लागिएको हो ।

मोरङ निर्वाचन क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यलयमा २ को विश्वनाथ मन्दिर र क्षेत्र नम्बर ३ को भगवती मावि बेलवारीमा मत गणना गिरने छ।मतदानको कार्य सकिएकाले अहिले मत पेटिका संकलन गरि मतगणना स्थालमा ल्याउने कम सुरु भएको छ।

माेरङमा ६४ प्रतिशत मत खसेकाे आकलन भएकाे प्रदेश १ निर्वाचन कार्यलय विराटनगरले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad