सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटनस्थल वर्षाले जलमग्न बनेको छ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० सँगै रहेको गेस्टहाउस चौरमा उद्घाटनकाल लागि बनाइएको टेन्टभित्र दह नै जमेको छ।

गएराति एक घण्टाभन्दा बढी समय मुसलधारे वर्षा भएको थियो। जसले गर्दा मञ्च निर्माण गरिने स्थल जलमग्न भएको हो।
महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे हुँदै छ।

उद्घाटन रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने तयारी छ।
जेनेरेटरको सहायताले रास्वपा महाधिवेशनस्थलमा जमेको पानी निकाल्न थालिएको छ।

उद्घाटनका लागि अझै मञ्च निर्माण पूरा भइसकेको छैन।

रास्वपाले उद्घाटनसत्रमा चालीस हजार मानिस उपस्थित हुने जनाएको छ।




486
Shares

प्रतिक्रिया