राजनीति


कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

नेपालखबर
चैत ३, २०८२ मंगलबार १६:२३, काठमाडौँ

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न बनेको आयोगले बुझाएको प्रतिवदेन सार्वजनिक माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ ।

जेन–जी आन्दोलनकर्ताहरूको एक समूह जेनजि २.० घटनाको छानविन गर्न बनेको कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गर्दै मंगलबार ज्ञापन पत्र बुझाएको संगठनका प्रवक्ता अविन लिम्बूले जानकारी दिएका छन् । 

सरकारले उक्त घटनाको छानविन गर्न गौरिबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । संगठनले गृहमन्त्रीलाई पत्र लेख्दै उक्त प्रतिवेदन हालसम्म सार्वजनिक नभएकोप्रति गम्भीर

ध्यानाकर्षण भएको जानकारी दिँदै ‘प्रतिवेदन जनसरोकारसँग प्रत्यक्ष रूपमा जोडिएको’ यथाशिघ्र सार्वजनिक गरिनुपर्ने उल्लेख गरिएको छ। ज्ञापन पत्रमा जेनजि २.० का अनुसार प्रतिवेदन सार्वजनिक नगर्दा जनतामा आशंका, अन्योल तथा अविश्वास बढ्ने खतरा रहेको उल्लेख गरिएको छ । 

‘देशमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन गठन गरिएको हो’ पत्रमा भनिएको छ, ‘लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप यस्ता महत्वपूर्ण प्रतिवेदन समयमै सार्वजनिक गर्नु आवश्यक हुन्छ। ’ 

जेनजि २.० ले पारदर्शिता र जनउत्तरदायित्व सुनिश्चित गर्न कार्की आयोगको प्रतिवेदन ढिलाइ गर्न नहुने पनि उल्लेख गरेको छ । प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतिघरमा जेन–जी अगुवा तथा आन्दोलनकर्ताहरूको अन्य समूहको आन्दोलन पनि जारी छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad