राजनीति


यातायात क्षेत्रसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

यातायात क्षेत्रसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

नेपालखबर
चैत ३, २०८२ मंगलबार १६:३०, काठमाडौँ

यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा गठित जाँचबुझ आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन बुझाएको छ।

आयोगका सदस्यहरूले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर गृहमन्त्री अर्यालसमक्ष प्रतिवेदन बुझाएको हो।

सरकारले गत २२ मंसिरमा यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा दीपक सुवेदीको अध्यक्षतामा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहनेगरी  जाँचबुझ आयोग गठन गरेको थियो।

प्रतिवेदन बुझाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष दीपक सुवेदीले प्रतिवेदनमा सर्वोच्च अदालतका फैसलाहरू कार्यान्वयन गर्न तत्काल गर्नुपर्ने कामहरू, साथै कानून संशोधन वा नयाँ कानून निर्माणमार्फत गर्नुपर्ने विषयहरू समेटिएको बताए। 

उनले भने, ‘सर्वोच्च अदालतका यातायात क्षेत्रसँग सम्बन्धित फैसलाहरु कार्यान्वयन गर्ने सन्दर्भमा एउटा उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको थियो। त्यो जाँचबुझ आयोगले आफ्नो कार्यसम्पादन गरी आज माननीय गृहमन्त्रीज्यूसमक्ष प्रतिवेदन पेश गरेको छ। प्रतिवेदनमा एउटा त सर्वोच्च अदालतले यातायात क्षेत्रसँग गरेको फैसलालाई कार्यान्वयन गर्नको लागि तत्काल गर्नुपर्ने विषयहरु र कानून संशोधन अथवा निर्माण गरेर गर्नुपर्ने विषयहरुको बारेमा बोलिएको छ।’ 

उनका अनुसार प्रतिवेदनले यातायात क्षेत्रमा देखिएका विगतका कानूनी, संस्थागत तथा प्रक्रियागत समस्याहरू समाधान गर्ने गरी विस्तृत कार्ययोजना पनि प्रश्ताव छ। 

प्रतिवेदन बुझ्दै गृहमन्त्री अर्यालले प्रतिवेदनलाई छिटो मन्त्रिपरिषद्मा पेश गरी निर्णयमार्फत कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरेको समेत सुवेदीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad