ad ad

राजनीति


बागमती प्रदेश : सभामुख पाए कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

बागमती प्रदेश : सभामुख पाए कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

बागमतीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा। तस्बिर : सुनिता विष्ट/नेपालखबर


नेपालखबर
पुस २७, २०७९ बुधबार १२:५०, हेटौँडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिँदै छन्। 

सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका हुन्। 

जम्मकट्टेले विश्वासको मत लिने दिन मिति तय भएपछि नेपाली कांग्रेसका सांसदहरुले सरकारमा जाने इच्छा देखाउन थालेका छन्। उनीहरुले बागमतीमा सभामुख पद चाहिने अडान लिएका छन्। 

मंगलबार प्रतिनिधिसभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको कांग्रेसले बागमतीमा विश्वासको मत देला-नदेला चासोको बिषय बनेको छ। 

बागमतीका ७ राजनीतिक दलमध्ये ५ दलले नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्मकट्टेललाई समर्थन गरेका छन्। 

नेपाली कांग्रेस र नेपाल किसान मजदुर पार्टी (नेमकिपा) सहित २ दलले विश्वासको मत दिने नदिने टुंगो छैन। तर यसबीचमा कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिन सभामुख पाउनुपर्ने शर्त राखेको हो।

प्रदेश सभामा पहिलो दलका रुपमा उभिए पनि सरकारका निर्माणका लागि अंकगणित पुर्‍याउन नसक्दा कांग्रे प्रमुख प्रतिपक्षको भूमिकामा छ। 

यस्तो अवस्थामा बागमतीमा कांग्रेस पनि सत्ता पक्षसँगै मिसिने आधारहरु तय गर्न तर्फ केन्द्रित भएको देखिन्छ। 

नवनियुक्त मुख्यमन्त्री जम्मरकट्टेललाई विश्वासको मत दिन सभामुख पाउनपर्ने कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामाले बताए।

‘केन्द्रमा प्रधानमन्त्रीले नै सभपति देउवासँग विश्वासको मत माग्नुभयो, त्यसैले कांग्रेसले दिएको हो। प्रदेशको हकमा हामीलाई पनि विश्वासको मत मागे दिइन्छ', 'केन्द्रमा कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको दियो, बागमतीमा के हुन्छ?' भन्ने नेपालखबरको प्रश्नमा लामाले भने, 'तर सरकारमा सहभागी भएपछि सभामुख हाम्रो भागमा पर्ने गरी छलफल भइरहेको छ।’

तर बागमतीमा सत्ता साझेदार दलबीच राप्रपालाई सभामुख दिने सहमति छ। त्यही अनुसार राप्रपाले सरकारलाई समर्थन गरेको छ। बागमतीमा राप्रपा महामन्त्रीसमेत रहेका भुवन पाठक सभामुख बन्ने तयारीमा छन्।

अर्कातिर राप्रपा संसदीय दलका नेता उद्धव थापाले भने आफू मन्त्रिपरिषद्‍मा जाने बताइसकेका छन्। 

जम्मकट्टेल प्रदेशसभामा ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। 

उनलाई नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्र केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन छ। 

११० सदस्यीय बागमती प्रदेशसभामा ३७ सिट रहेको कांग्रेस प्रमुख प्रतिपक्षी भूमिकामा छ। ३ सिट रहेको नपाल मजदुर किसान पार्टी पनि प्रतिपक्षमा छ। 

जम्मकट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिए उनको समर्थनमा १०७ मत हुनेछ। यद्यपि, कांग्रेसले विश्वासको मत नदिए पनि उनले विश्वासको मत पाउने निश्चित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .