ad ad

राजनीति


मगर समूदायलाई उपराष्ट्रपतिको आग्रहः अधिकार प्राप्तिका लागि रचनात्मक बनौँ

मगर समूदायलाई उपराष्ट्रपतिको आग्रहः अधिकार प्राप्तिका लागि रचनात्मक बनौँ

नेपालखबर
असोज २७, २०७६ सोमबार १२:४२,

उपराष्ट्रपति नन्दबहादुर पुनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अपुग अधिकारलाई पुरा गर्न रचनात्मक ढंगले लाग्नुपर्ने बताएका छन्।

राजधानी काठमाडौंमा आयोजित मगरहरुको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संविधानले समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेकाले प्राप्त अधिकारलाई संस्थागत र संरक्षण गर्नुपर्ने बताएकी हुन्। उपराष्ट्रपति पुनले संविधान गतिशिल दस्तावेज भएकाले जनजातिको बाँकी अधिकारका लागि समय सन्दर्भ अनुसार संविधानमा समावेश गर्दै लैजान सकिने भन्दै अपुग भएका कुराहरु पुरा हुँदै जानेमा विश्वस्त हुन आग्रह गरे।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले विश्वभर छरिएर रहेका नेपाली मगर समुदायलाई मगर जातिको पहिचान बचाईराख्न आग्रह गरे। भाषा र पहिचान भनेको गौरवको विषय भएको भन्दै उनले ‘म को हुँ?’ भन्ने मनोविज्ञान बचाई राख्नु नै महत्वपुर्ण भएको बताए।

उनले विश्वभर मगर समुदायका नेपालीले उल्लेखनीय काम गरेर चर्चामा आएको दृष्टान्त दिँदै मगर समुदायका ‘रोलमोडल’ लाई हेरेर अघि बढ्नुपर्ने बताए।

विभिन्न देशबाट आएमा मगर समुदायका प्रतिनिधि र सहभागीहरुले आ–आफु कार्यरत रहेको देशमा आफुले गरेका कामहरुको बारेमा पनि छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .