राजनीति


सी भ्रमणको समीक्षा गर्दै बालुवाटारमा ओली-प्रचण्ड

सी भ्रमणको समीक्षा गर्दै बालुवाटारमा ओली-प्रचण्ड

नेपालखबर
असोज २७, २०७६ सोमबार ४:६,

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच अहिले बालुवाटारमा भेटवार्ता भइरहेको छ।

करिब आधा घण्टाअघिदेखि अध्यक्षद्वयबीच प्रधानमन्त्री निवासमा वार्ता चलिरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल)ले जानकारी दिए।

प्रधानमन्त्री ओली र प्रचण्डबीचको वार्ता चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षामा केन्द्रीत रहेको बालुवाटार स्रोतले जनाएको छ।

स्रोतका अनुसार दुई नेताबीच पार्टी एकताको बाँकी काम र मन्त्रीहरु हेरफेरका विषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .