ad ad

राजनीति


सी भ्रमणबारे बालुवाटारमा छलफल: ओली र देउवा एउटै पंक्तिमा

सी भ्रमणबारे बालुवाटारमा छलफल: ओली र देउवा एउटै पंक्तिमा

नेपालखबर
असोज २३, २०७६ बिहिबार ५:१४,

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिङफिङको शनिबार हुन लागेको भ्रमणबारे सुझाव लागि पूर्व प्रधानमन्त्री, परराष्ट्रमन्त्री, राजदूत एवं परराष्ट्र मामिलाका विज्ञहरुसँग छलफल गरिरहेका छन्।

बिहीबार बिहान करिब ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवटारमा सुरु भएको छलफलमा प्रधानमन्त्री ओलीसँगैको पंक्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बसेका छन्।

प्रधानमन्त्री ओलीको दायाँ देउवा छन्। बायाँपट्टि नेकपाका अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल तथा त्यसपछि पूर्व प्रधानमन्त्री झलनाथ खनाल रहेका छन्। उनीहरु सबै एउटै बेञ्चमा छन्।

नेकपाका अर्का पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र संघीय समाजवादी नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई क्रमश: दायाँ र बायाँको लामो बेञ्चमा स्थान दिइएको छ।

बैठकमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी समेत सहभागी छन्।सत्तारूढ नेकपा महासचिव विष्णु पाैडेलसहित सचिवालय सदस्यहरू समेत सहभागी छन्।

विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणबारे आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने, के के एजेन्डा रहने भनेर छलफल गर्ने चलनअनुसार ओलीले बैठक डाकेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .