ad ad

फोटोफिचर


सी भ्रमणः चोक-चोकमा स्वागत द्वार, पोल-पोलमा पोष्टर (फोटोफिचर)


प्रविन कोइराला
असोज २३, २०७६ बिहिबार ५:१७,

चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि काठमाडौँ उपत्यकाका सडक र त्यस आसपासका संरचनाहरु सिँगारने क्रम तीव्र गतिमा अगाडि बढेको छ।

सडक आसपास फलफूलका विरुवा रोप्नेदेखि कला, संस्कृति झल्कने खालका पोस्टरहरु राख्ने काम जारी रहेको छ। त्यस्तै बिजुलीका पोलहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङका पोस्टहरु समेत टाँगिएको छ।

राष्ट्रपति सी आउने रुटमा सरकारले बाटो पिच गरी खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ भने सडक र त्यसआसपासमा रङरोगन गर्ने कार्य पनि तीव्र गतिमा अगाडि बढेको छ।

यो काम विशेष गरेर राष्ट्रपति सी यहाँ हिँड्ने रुटमा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .