ad ad

समाज


सीको स्वागतमा बनाएका ब्यानर च्यात्ने पक्राउ

सीको स्वागतमा बनाएका ब्यानर च्यात्ने पक्राउ

नेपालखबर
असोज २३, २०७६ बिहिबार ४:५०,

चिनियाँ राष्ट्रपति सी चिङफिङको स्वागतका लागि काठमाडौं महानगरपालिकाले बनाएको स्वागत ब्यानर गए राति च्यातिएका छन्। बिजुली बजार र तीनकुने पुल क्षेत्रमा राखेका ब्यानर च्यातिएका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ब्यानर च्यात्ने कार्यमा संलग्न २ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा गोपाल सार्की र राजकुमार ठाकुर रहेका छन्।

उनीहरुले किन ब्यानर च्यातेका हुन्? त्यस पछाडि कसको निर्देशन रहेको छ भनेर प्रहरीले अनुसन्धान सुरु गरेको छ। पक्राउ परेका दुवैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .