सभामुख कृष्णबहादुरमाथि संसद सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएको सन्दर्भमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक डाकिएको छ।
बैठक ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक नेताले नेपालखबरलाई जानकारी दिए।
सचिवालय बैठक बस्नुअघि नेकपा हाइकमान्डको बैठकमा यो विषयमा छलफल भएको छ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पाैडेल तथा पूर्व सभामुख सुवाष नेम्वाङबीच छलफल भएको हो। सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लागेको विषय सोमबार साँझ सार्वजनिक भएको थियो।
प्रकरणबारे छलफल गर्न अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीका बरिष्ठ नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरेका हुन्। छलफलका लागि मंगलबार बिहान करिब ८ बजेतिर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास पुगेका थिए। अन्य नेताहरू पनि क्रमैसँग बालुवाटार पुगेको स्रोतले जनायो।
संवैधानिक कानुनका ज्ञाता एवं पूर्वसभामुख समेत रहेका नेम्वाङलाई बोलाएर दुई अध्यक्षले परिस्थिति विश्लेषणमा गरेका हुन्। यो बैठक सकिए लगत्तै सचिवालय बैठक सुरू हुने बालुवाटार स्रोतले जानकारी दिएको छ।
यो पनि
२. सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप

प्रतिक्रिया